मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ




धनगढी, कार्तिक ३
कैलालीको बर्दगोरियाबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का तपेन्द्र साउँदको से ७ प २६०९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा सोही वडाका मुडा बजारमा बस्ने २० वर्षीय कृष्ण साउँद र अमित टमट्टालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कृष्णले आफ्नै घरमा लुकाइराखेको अवस्थामा मोटरसाइकलसमेत बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उनीहरुलाई आवश्यक कारवाहीको लागि मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News