जसले एकल बुहारीलाई छोरीझैँ अन्माए, उदाहरणीय कामको प्रसंशा


 



मोरङ, कार्तिक ३
मोरङको केराबारीका एक परिवारले एकल बुहारीलाई छोरीझैँ विहे गरिदिएका छन् ।

केराबारी वडा नम्बर ९ भलुवाका कुबेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारी सुनिताको घरबाटै विवाह गरिदिएका हुन् । उनको यो उदाहरणीय कार्यको प्रसंशा भइरहेको छ ।

२०६७ साल असारमा एक्लो छोरा पुण्यप्रसाद पोख्रेलको २४ वर्षको उमेरमा उल्पआयुमै मृत्यु भएपछि बुहारी विधुवा बनेकी थिइन् ।

१० वर्ष अगाडि एकल भएकी सुनिताको सासु ससुराले गाउँमा आफन्त तथा भद्रभलादमी सबै बोलाएर झाप घैलाडुब्बा निवासी बलबहादुर कार्कीसंग विहीबार विवाह गरिदिएका हुन् ।

सुनिता र पुण्यप्रसादबीच २०६५ मा विवाह भएको थियो । उनीहरुको एक १३ वर्षीया छोरी पनि छिन् । उनको विरामी हजुरबुवालाई उपचार गराउन अस्पताल लैजादै गर्दा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो ।

त्यो बेला सुनिताको छोरी डेढ वर्षकी थिइन् । पुण्यप्रसाद केराबारीकै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । श्रीमानको मृत्युपछि सबैको सल्लाहमा सुनिता छोरीसहित माइतमा बसेर शिक्षण पेशामा आवद्ध थिइन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्