अघोरी बाबाले गरे अन्ततः विवाह, देवघाटलाई साँक्षी राखेर खाए कसम




काठमाडौं, कार्तिक ४
पछिल्लो समय निकै भाइरल बनेका अघोरी बाबाले अन्ततः विवाह गरेका छन् ।

युटुलगायत सामाजिक सञ्जालमा भाइरल बनेका बाबाले तीन महिना अघि नै बिहे गरेका हुन् । यद्यपि, उनले विहे भएको कुरा अहिले मात्रै सार्वजनिक गरेका हुन् ।

कार्यक्रमका लागि चितवन जाँदा उनले देवघाट मन्दिरमा पुगेर नदी किनारबाट आफूले विवाह गरेको कुरा भिडियोमार्फत सार्वजनिक गरे ।

सोहीक्रममा उनले देघाटलाई साँक्षी राखेर सात जुनीसम्म साथ नछोड्ने कसम पनि खाए । उनले आफूले मन मिल्ने साथी भएकाले विहे गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

‘लाइफ ड्यामेज’ भन्दै चर्चित बनेका बाबाले अबको बाँकी जीवन सुखका साथ काट्ने बताएका छन् । उनले बिहे गरेपनि बाबाको रुपमा नै रहनेसमेत बाएका छन् । उनले आफ्नो ‘लाइफ ड्यामेज’ नभएर ‘म्यानेज’ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News