विप्लवका केन्द्रीय सदस्य लोहनी पक्राउ


 



चितवन, कार्तिक ५
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई आज विहानै भरतपुर महानगरपालिका वडा नम्बर ११ बसनीबाट पक्राउ गरेको हो ।

लोहनीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

यद्यपि, उनको स्वास्थ्य समस्यालाई ख्याल गर्दै काम गर्न गाह्रो देखिएपछि विप्लव समूहले उनलाई भर्खरै मात्र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्