तस्करीको मदिरासँगै पेस्तोल बरामद



सप्तरी, ५ कात्तिक

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले तस्करी हुन लागेको मदिरासहित आज अवैध हतियार बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताले ‘मेड इन इग्लैन्ड’ लेखिएको एक थान सिक्सर पेस्तोल र सोमा लोड भएको केएफ ७.६३ लेखिएको दुई राउण्ड गोली बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले २८ थान ‘कस्तुरी’ नामक मदिरासहित पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी ६ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए । नेपालबाट भारततर्फ नम्बर नलेखिएको मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा तस्करले छाडेर भागेको मदिराको बोरामा पेस्तोल फेला परेको हो ।

तस्करले छाडेको मोटरसाइकल जाँच गर्दा बोराभित्र २८ थान कस्तुरी मदिरा र पेस्तोल फेला परेको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए । बरामद गरिएको पेस्तोल, मदिरा र मोटरसाइकल आज इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News