प्रधानमन्त्री ओलीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट्ने



काठमाडौं, कात्तिक ९

असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ अजरबैजानको बाकुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News