चितुवाको छालासहित दुई पक्राउ



मुसिकोट, ९ कात्तिक

रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवैलाई शङ्कास्पद अवस्थामा बाटोमा आउँदै गरेको फेला पारी निजहरुको तलासी गर्दा सेतो रङको प्लाष्टिक बोराभित्र चितुवाको छाला फेला परेको बताइएको छ ।

पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News