मुस्कुराउँदै बालुवाटार फर्किए प्रधानमन्त्री ओली, हेर्नुस स्वस्थ भएपछिका पाँच पोज



काठमाडौं, कात्तिक १४

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी आज साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए ।

अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भने, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस गरेको उनको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाउँथ्यो । उनी हाँस्दै गाडी चढेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News