सकियो महराको बयान, थुनछेक बहस आइतबार


 


काठमाडौँ, १५ कात्तिक

बलात्कार प्रयास अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो।

उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिए।

शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ। अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताए।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्