बोरामा हालेर बच्चा चोर्दै गरेका दुई भारतीय पक्राउ
काठमाडौं, कार्तिक १६
सप्तरीमा बोरामा हालेर बच्चा चोर्दै गरेका दुई भारतीय पक्राउ परेका छन् । मोरङको डाडरबैरिया गाउँपालिका–५ का सञ्जय शर्माकी आठ वर्षीया छोरी आँचल शर्मालाई बोरामा हालेर लैजान खोज्दा उनीहरु पक्राउ परेका हुन् । बालिका बालिका जुरबुवाको श्राद्धमा सप्तरीस्थित हनुमान कंकालिनी नगरपालिका ९ हनुमान नगर बजारमा रहेको मामा अमित शर्माको घरमा आएकी थिइन् ।
बालिकालाई स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको हो । आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेको थिए । त्यसैक्रममा बालिकाकी हजुर आमा सावित्रीदेवी शर्माले हो–हल्ला गरेकी थिइन् ।
बालिका चोर्न खोज्ने भारत विहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नम्बर १८ का २० वर्षीय आनन्दकुमार गोसाई र सोही ग्राम ४ बैरियाघाटका १८ वर्षीय अनिल कुमार झालाई प्रक्राउ पक्राउ गरेको छ । उनीहरुको साथबाट साइकल एक थान र प्लाष्टिकका तीन थान बोरासमेत बरामद गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।