लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ




धनगढी, कात्तिक १७
लागूऔषध ओसार पसार तथा कारोबारमा संलग्न दुई भारतीय नागरिक धनगढीबाट पक्राउ परेका छन् । भारतको लखिमपुर खिरीका २५ वर्षीय रहेमत अली र सोही ठाउँकै ३१ वर्षीय मोहमख अपजललाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटरको टोलीले उनीहरुलाई त्रिनगर सीमा नाकाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक सय मिलिलिटरका ४७ बोलत कोरक्स बरामद गरिएको गुल्मले जनाएको छ । उनीहरुबाट युपी ३१ जे ४१०७ नम्बरको मोटरसाइकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News