सूर्यलाई अर्घ दिएसंगै छठ पर्व सकियो


 



काठमाडौं, कार्तिक १७
उदाउँदो सूर्यलाई आज विहान अर्घ दिएसंगै यस वर्षको छठ पर्व सक्पन्न भएको छ । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यालाई अर्घ दिई पूजाअर्चना गरि यो पर्व मनाउन परम्परा छ ।

बर्तालुहरु इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुबै हत्कालामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ दिने गर्छन् ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडाग्ुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप कनसुपती, कलशसहितको घैंटी सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई अरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

अस्ताउने र अदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सु, दुःख, रोदन र हाँसोलाई समान रुपमा जीवनकै पाटोको रुपमा लिइनु हो ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्