डिजिटल प्रदेशको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई मुख्यमन्त्री राईको आग्रह


 


विराटनगर, २२ कात्तिक
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत सुरु गरेको डिजिटल प्रदेश अभियान अन्र्तगत शुक्रबार शैक्षिक गुणस्तर सुधार अभियानको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले प्रदेशका हरेक क्षेत्रलाई डिजिटल बनाउने अभियानमा साथदिन सबैलाई आग्रग गर्नुभएको हो ।

प्रदेशका एक सय विद्यालयबाट सुरु गरिएको अभियान देशकै पहिलो र महत्वपुर्ण नमुना परियोजना भएकाले सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । यसलाई सफल बनाउन सके दशका सबै क्षेत्रमा यो अभियान चल्ने र देशमा दक्ष जनशक्ति उत्पादन हुने सथै रोजगारी सिर्जना हुने उहाले बताउनुभयो ।

यो अभियान सञ्चालनका लागि अमेरिकी स्तरको पाठ्यक्रम निमार्ण गरिएको र यसले प्रदेशका हरेक क्षेत्रलाई समेटने भएकाले यसको सफल कायाँन्वयनका लागि तीनै तहका सरकार, जनसमुदाय र अन्य क्षेत्रसंग सहकार्य गर्दै अगाडि बढ्ने उहाले बताउनु भयो ।

नागरिकको सीप र क्षमता विकास साथै सुशासन, पारदर्शीता र जवाफदेहिता बढाउन मुख्यमन्त्री डेस्क स्थापना गर्न लागिएको र त्यसलाई समेत डिजिटल अभियानले सहयोग पुर्याउने उहाको भनाइ छ । प्रदेश सरकाले प्रदेशका बैज्ञानिकहरुको प्रतिभालाई उपयोग गर्न अविस्कार केन्द्रको स्थापना गर्ने तयारी गरेको जानकारी समेत दिनुभयो ।

प्रदेश भरीका विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय सरकारकालागि आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, डिजिटल अभियन्ता महावीर पुन, बैज्ञानिक डा रिसी शाहले डिजिटल अभियानको महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा डा दोभान राई, सुविन कार्की र मन्त्रालयका सचिव वीर बहादुर राईले तीन ओटा कार्यत्रपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्