बाँके र बर्दियामात्रै १०३ सीमास्तम्भ गायब, सीमामा नेपालको कमजोर सुरक्षा


 



काठमाडौं, मंसिर ४
बाँके र बर्दियामा मात्रै एक सय तीन सीमास्तम्भ गायव भएको तथ्य फेला परेको छ । भेटिएका केही सीमास्तम्भहरु जहाँ गाएिको थियो त्यहाँ छैन ।

बाँकेको गुर्देनदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने पाँच सय ५२ सीमास्तम्भ काएम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना गरि तीन प्रकारका छन् । बर्दियामा मात्रै ९४ पिल्लर गायम छन् भने बाँकेमा ९ पिल्लर छैनन् ।

यी सीमास्तम्भ कहाँ गए भन्ने जानकारी छैन । यी दुई जिल्लासंग भारतको बहराइच जिल्ला पर्छ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । जसमा दुबै देशका अधिकारीहरु संलग्न छन् । तर, टोलीले समयमै काम सम्पन्न गर्न सकेको छैन ।

नेपालतर्फ बाटो नभएको र भारततर्फ बाटो भएकाले भारतले नेपालतर्फको भूभाग मिच्दै गएको स्थानीय बताउँछन् । साथै नेपालले १३ देखि २० किलोमिटरको दुरीमा सशस्त्र प्रहरीलाई राखेको छ । तर, भारतले भने पाँच किलोमिटरमा एसएसबी तैनाथ गरेको छ ।

नेपालतिर सशस्त्र प्रहरीको उपस्थिति कम हुने गरेको छ भने भारतको उपस्थिति बलियो हुने गरेको छ । जसले गर्दा भारतले विभिन्न ठाउँमा सीमा अतिक्रमण गर्दै अएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्