भोजपुरमा महिलाको स्तन काटियो


 



भोजपुर, मंसिर ५
भोजपुरको षडानन्द नगरपालिकामा एक अज्ञात समूहले महिलाका दुबै स्तान काटेको छ । नगरपालिकाको वडा नम्बर ८ मा तुङ्गेछाको सेमेङमा ३० वर्षीया महिलाको दुबै स्तन काटिएका छन् ।

बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन गरिकी ३० वर्षीया तीमहिलालाई मुखमा कालो पट्टि लगाएर आएका दुई जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ ।

कपडा धोइरहके बेला महिलालाई जबरजस्ती गरेर नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामीमगरले बताए ।

घाइते स्थानीय स्वास्थ्यचाकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराा स्वास्थ्य विज्ञानप्रतिष्ठान धरामा लगिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्