काठमाडौंमा राती भूकम्पको कडा झट्का


 


काठमाडौं, मंसिर ११

काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस गरिएको छ । बुधबार राती १० बजेर १० मिनेटमा भूकम्पको कडा धक्का महसुस गरिएको हो । भूकम्पको झट्काले सुत्न ठिक्क परेका स्थानीय झसंग भएका छन् ।

भूकम्पकाे धक्का काठमाडाैंसहित, भक्तपुर, ललितपुर, नुवाकाेट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत महसुस गरिएकाे छ ।

भूकम्पको केन्द्रविन्दु र रेक्टर स्केलकाे विवरण आउन बाँकी छ । २०७२ साल वैशाख १२ को विनाशकारी गोरखा भूकम्पपछि ससाना पराकम्पनहरु जाने गरेका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्