अमेरिकालाई नेपाली सेनाले दियो मुखभरीको जवाफ, ४० वर्षपछि भयो यस्तो अभ्यास


 


काठमाडौं, मंसिर १२

अमेरिकाले नेपालमा भारतीय आतंकवादी समूह मुजाहिद्दिनको अखडा बनिरहेको भन्दै सार्वजनिक गरेको रिपोर्टको नेपाली सेनाले कडा जवाफ दिएको छ । रिपोर्ट सार्वजनिक भएको करिब एक महिनापछि नेपाली सेनाले जवाफ फर्काएको हो । अमेरिकी प्रतिवेदनमा भनिएझैँ नेपालको सुरक्षा स्थिति कमजोर नरहेको सन्देश दिनेगरी सेनाले प्रतिआतंकवाद तथा ‘एन्टी हाइज्याकिङ’ सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिएको टोलीसँग संयुक्त अभ्यास गरेको छ ।

प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन गरेको तालिम अर्थपूर्ण रहेको बताइएको छ । उक्त तालिम आफैंमा अमेरिकी प्रतिवेदनले भनेजस्तो अन्तर्राष्ट्रिय सुरक्षामा हामी तयार छैनौं भन्ने विषयमा काउन्टर भएका सैनिक अधिकृतहरु बताउँछन् ।

इजरायली डिफेन्स फोर्सको सहयोगमा भएको प्रतिआतंकवाद सम्बन्धी तालिमको निरीक्षण गर्ने क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भनेका छन्, ‘आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम छ ।’

थापाले यस प्रकारको तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा इन्टरओपरेबलिटी वृद्धिका लागि अवसर प्रदान हुने बताए ।
नेपाली सेनाले लामो समयको अन्तरालपछि इजरायली काउन्टर टेरोरिजम टोलीसँग अभ्यास गरेको हो ।

अभ्यासमा युद्धभैरव गणका विशेष फौज सहभागी थिए । सेनाको विशेष दस्ता निर्माण गर्न पहिलो पटक तालिम दिने टोली पनि यही हो । अधिकृतहरुका अनुसार वि.सं. २०३६/०३७ सालतिर पहिलो पटक यो तालिम भएको थियो । नेपालमा स्थिर सरकार भएका बेला ४० वर्षपछि यस्ताे तालिम भएकाे हाे । जसले अमेरिकाे प्रश्नकाे ठाडाे जवाफ दिएकाे छ ।

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्