प्रधानमन्त्री भेट्न प्रचण्ड अस्पतालमा, कस्तो छ स्वास्थ्य अवस्था?


 


काठमाडौं, मंसिर १३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार साँझ त्यहीँ पुगेका प्रचण्डले ओलीसँग भेटेर स्वास्थ्य अवस्थाबारे कुराकानी समेत गरेको अस्पतालले जनाएको छ ।

भेटपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य प्रगति भइरहेको जानकारी दिएका छन् । यसअघि अस्पतालले प्रधानमन्त्री खतरामुक्त रहेको जानकारी दिएको थियो पत्रकार सम्मेलन गरेर । यअसघि ओलीको एपेन्डिसाइटको अप्रेशन गरिएको थियो । प्रत्यारोयापण गरेको मृगौलाले विस्तारै काम गर्न छोडेपछि ओलीको पुन मृगौला प्रत्यारोपणको तयारी छ ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्