विश्वकप तयारीमा सरकारी उदासिनता

खिलाराज नेपाल
काठमाडौं, भदौ १२
लामो समय सम्म अन्तर्राष्ट्रिय प्रतियोगीता बिहिन बनेको नेपाली महिला क्रिकेट टिम आगामी अक्टोबर ९ देखि १५ सम्म हङ्कङमा हुन गइ रहेको आइ सि सि महिला बिश्वकप को क्षेत्रिय छनोट प्रतोयोगितामा सहभागिता जनाउँदै छ। जहाँ नेपाल, हङकङ ,थाइल्यान्ड र चाइना गरि चार टोलिको प्रतिस्पर्धा हुनेछ।
उक्त प्रतियोगितामा बिजयी टोलि छनोटको दोस्रो तथा अन्तिम चरण ग्लोबल क्वालिफायर २०१७ मा खेल्न पाउने छ । उक्त ग्लोबल क्वालिफायरबाट चार टिम छनोट भइ आगामी जुन २६ देखि जुलाई २३ सम्म इङ्ल्याण्डमा हुन गइरहेको महिला बिश्वकप खेल्न पाउने छ।यसको अर्थ आगामी प्रतियोगिता बिश्वकप २०१७ सम्मको यात्राको लागि प्रहिलो खुड्किला हुनेछ।
महत्वपूर्ण प्रतियोगिताको तयारी पनि उत्तिनै तदारुकताका साथ हुन पर्नेमा नेपाली क्रिकेट भित्रको आन्तरिक खिचातानी र आइ सि सि ले गरेको निलम्बन सगै तयारी पनि ओझेलमा परेको छ। जसमा आइ सि सि ले पनि पुरुष टोलि लाई जस्तो महिला टोलिलाई प्रत्यक्ष निगरानी राखेको देखिन्न।
क्यान निलम्बन भएको अवस्थामा तयारी अनिस्चित बनिरहदा अघिल्लो महिना राखेपले राष्ट्रिय टोलि छनोटको लागि भन्दै तीन दिने छोटो प्रतियोगिता गराएको थियो। जुन प्रतियोगीता बाट खेलाडीले आफ्नो कौशलता प्रदर्शन गर्नु त परै जाओस कोहि सहभागी खेलाडीले बल ब्याट समात्न सम्म नपाएको गुनासो सुनिएको थियो।
यहि प्रतियोगिता भएको लामो समय सम्म पनि चुपचाप भएको राखेप ले पहिलो चरण मा क्याम्पमा बोलाइने भन्दै केही दिन अघि मात्र ३८ जना खेलाडीको सूचि प्रकाशित गरेको छ । तर क्याम्प कहिले र कहाँ शुरु हुने भनेर जनाइएको छैन।
यस सम्बन्धमा छनोट मा परेका खेलाडी हरुलाइ पनि अहिले सम्म कुनै आधिकारिक जानकारी आइ नसकेको कुरा उनिहरु बताउछन। क्याम्प को लागि खेलाडी छनोट गरेपनी प्रशिक्षक को अझै टुंगो लागि नसकेको कुरा बताइन्छ। प्रशिक्षक हरु राजु बस्नेत र बिनोद दास लाई प्रशिक्षण को जिम्मेवारी दिन सकिने कुरा आए पनि निस्चित भैनसकेको कुरा जानकारिमा आएको छ।
अब प्रतियोगिता आउन लगभग एक महिनाको समय बाकी रहदा कस्तो तयारी होला त ? के आफुलाइ तिखार्न सक्लान त यति समयमा नेपाली महिला खेलाडी ले ? नेपाल ले आफ्ना बलिया मानिएका प्रतिद्वन्द्वी बिरुद्द कस्तो प्रदर्शन गर्ला ? सगै का प्रतिस्पर्धी टोलिहरु थाइल्यान्डको टोलि श्रीलंका तथा हङकङको टोलि इङल्याण्डमा गएर तयारी गरिरहेका छन ।
पछिल्लो पटक को प्रतिस्पर्धामा यी तिनै टोलि नेपाल बिरुद्द हाबी भएका थिए अहिले नेपाली टोलि लामो समय पछि मैदान मा आउन लागेको छन । राष्ट्रिय टोलि कि महत्वपुर्ण सदस्य सरिता मगर नेपाली टोलिको लागि क्याम्पसमेत अझै शुरु नहुनु दुखद रहेको बताउछिन ।उनी अगाडी थप्छिन हामी सग खेलाडी नभएका होइनन , कैयौ क्षमतावान खेलाडी त्यसै आफ्नो प्रतिभा लुकाएर बस्न बाध्य छन । एउटा ठुलो प्रतियोगिता अगाडी त यस्तो लापरबाही हुन्छ भने कसरी खेलकुदको बिकास सम्भव होला ?
दुर्इ बर्इसम्म कुनै प्रतियोगिता नखेलेको नेपाली टोली र बारम्बार अभ्यासरत अन्य प्रतिस्पर्धी टोलिसंग कसरी मैदानमा उत्रेला यसको समाधान एक महिनामा निस्कन सक्ला त ? सरिता मगर भन्छिन मानसिक रुपमा त हामी तयारी नै छौ।
ब्यक्तिगत रुपमा अभ्यास लाई निरन्तरता दिई रहेका पनि छौ। लामो समय पछि पाएको अवसर ले उत्साहित बनाए पनि संबंधित निकाय ले एक दुई तीन म्याचमात्र नै भए पनि राम्रो टोलि सग अभ्यास गर्ने अवसर जुटाइ दिए जित निकाल्न सक्ने मा आशाबादी हुन सकिन्छ ।अहिले हामी लाई एक्स्पोजर को खाचो छ। अहिलेको प्रतिस्पर्धी टोलिहरु चिरपरुचित प्रतिद्वन्द्वी नै हुन ।
खेल क्षेत्रमा राजनीतिकरण र खेलकुदलाई हेर्ने नीतिमा सरकारी उदासिनताले राष्ट्रको गौरब बढाउने खेलकुद पछाडी पर्दै गएको छ। अझै भनौ पुरुष भन्दा महिला टोलिको लागि त कुनै निकायको चासो नै देखिन्न।
बिश्वकपमा खेल्न पाउनु देशकै लागि गौरबको बिषय हो तर यहाँसम्म पुगिने अवसरलाई सदुपयोग गर्दै त्यसको लागि आवश्यक तयारीमा सरकारीस्तर बाट ध्यान दिइनु पर्छ। आशा गरौ बाँकी समयभित्र चाडैं नै दक्ष प्रशिक्षकबाट अभ्यास गराइ नेपाली महिला क्रिकेटमार्फत विश्वमा राष्ट्रिय गौरब बढाउने तर्फ सम्बन्धित निकायको ध्यान पुगोस ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आइतबार