सिडिओहरुको सरुवा, को-कहाँ ? हेर्नुहोस् सूची


 


काठमाडौं, मंसिर २२
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । यसरी सरुवा हुनेहरुमा पर्साका सिडिओ नारायण प्रसाद भट्टराईलाई चितवन सरुवा गरिएको छ ।

भक्तपुरका सिडिओ नारायण प्रसाद भट्ट मकवानपुरको सिडिओ भएका छन् । त्यस्तै चितवनमा कार्यरत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

गृह मन्त्रालयले अध्यागमन कार्यालयका कार्यरत लक्ष्मण बहादुर खड्कालाई लमजुंग सरुवा गरेको छ । लमजुंगमा कार्यरत डिजन भट्टराईलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्