युवा उद्यमशीलताका लागि प्रदेश सरकारको २० करोड


 


विराटनगर, मंसिर २४
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उहाँले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले रु २० करोड वजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।

प्रदेश सरकार शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा पनि कार्य गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सरकारको काम कारवाहीलाई पारदर्शी र जवाफदेहिता बनाउनेतर्फ ध्यान दिएको उहाँले जानकारी दिनुभयो ।
छ भन्नुभयो । सरकार सबै किसिमको असमानतालाई हटाई समग्र क्षेत्रमा समानता ल्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडीपीले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो जानकारी दिनुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एशिया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालमा आर्थिक अवस्था सुधार भइरहेको बताउँदै मानव विकास सूचाङ्कमा सुधारोन्मुख हुनु सुखद पक्ष रहेको बताउनुभयो ।

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्