प्रदेश १ ले घोषणा गर्यो पर्यटन दुत


 


काठमाडौ , मङ्सिर २७
प्रदेश १ सरकारकाे प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिकाे अायाेजनामा भिजिट नेपाल २०२० पर्यटन प्रवर्द्धन समन्वय गाेष्ठी शुक्रबार काठमाडौंमा सम्पन्न भएकाे छ।

प्रदेश सरकारले कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका चारजनालाई पर्यटन दूत घाेषणा गरेकाे छ। अाराेही कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निराैला र पिन्कि राज घरियालाई मुख्यमन्त्री शेरधन राईले प्रमाणपत्र प्रदान गर्दै पर्यटक दूत घाेषणा गरनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ लाई अाधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुराेध गर्नुभएको छ ।

कार्यक्रममा संघीय पर्यटनमन्त्री याेगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयाेग गर्न अाग्रह गर्नुभएको थियो । संघीय सरकारले पर्यटन क्षेत्रकाे विकास र प्रवर्द्धनकाे लागि प्रदेश सरकारलाई सहयाेग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्