जनकपुरमा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला, पाँच जना पक्राउ


 


धनुषा – जनकपुरमा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएपछि विभिन्न स्थानमा बम फेला परिरहेको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति शंकास्पद बस्तु फेला परेपछि आज बिहान सेनाको टोलीले निष्कृय पारेको छ ।

संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो छेउमा आइतबार राति ९ बजे शंकास्पद बस्तु भेटिएको थियो । जसलाई सेनाको टोलिले केहीबेर अघि मात्र निष्कृय पारेको छ । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालिर राखिएको थियो । उक्त बम डिस्पोज गरेसँगै अर्को शंकास्पद वस्तु पनि फेला परेको छ ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माध्यामिक विद्यालय नजिक सडकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसबारे अनुसन्धान गरिरहेका छन् । उक्त शंकास्पद बस्तु डिस्पोजको तयारी गरिएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगर बजार स्थित राजेश साहको घरको गेटमा राखेको बम शुक्रबार राति विस्फोट हुँदा प्रहरीका निरीक्षक अमिर कुमार दाहालसहित तीन जनाको ज्यान गएको थयो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाँका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्