काङ्ग्रेसमा विवाद चर्कियो


 


काठमाडौ , मङ्सिर ३०
नेपाली काङ्ग्रेसभित्रको गुटगत विवाद झन झन चर्किदै गएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको एजेन्डा बैठकको कार्यसुचीमा नराखेपछि पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ ।

संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । पौडेल पक्षले तीन बजे आफ्नो पक्षको बैठक बोलाएर छ्लफल सुरु गरेको छ ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्