छोरालाई स्कुल पुर्याउन जाँदा गाडीको ठक्करबाट बुवाको मृत्यु, छोरा घाइते


 


काठमाडौं, पुस ८
छोरालाई मोटरसाइकलमा स्कुल पर्याउन जाँदा चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको हो । प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउँन गएका बेला गाडीले ठक्कर दिएको महानगरी प्रहरी वृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलमा सवार मृतकका छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । उनलाई ठक्कर दिने गाडी र चालक फरार भएकाले कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको डीएसपी श्रेष्ठले बताए ।

हिजोमात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्