पाठ्य सामग्री परिमार्जन गर्न लेखक संघको माग


 


shrawanकाठमाडौँ, भदाै २२

नेपाली लेखक संघले एक कोरियन साहित्यिक संस्थासँग सहकार्य गरी साहित्यिक तथा साँस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका साथै नेपाली साहित्यलाई कोरियन भाषामा र कोरियनलाई नेपाली भाषामा अनुवाद गर्ने भएको छ । राजधानीमा सम्पन्न संघको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

संघका अध्यक्ष श्रवण मुकारुङका अनुसार वैठकले माध्यमिक, उच्च माध्यमिक तथा विश्वविद्यालयमा अध्यापन गराइने मौजुदा पाठ्यक्रमका पाठ्य सामग्रीहरुलाई समयानुकूल परिमार्जन गरिनुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित निकायहरुमा यसबारे ज्ञापनपत्र दिनुका साथै ती निकायका धारणा र विस्तृत कार्ययोजना माग गर्ने निर्णय गरेको छ ।

संघले २०६२/६३ को जनआन्दोलनको भावना र नयाँ संविधानको मूल मर्मलाई ती पाठ्यक्रमले आत्मसात गर्न नसकेको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्