होटलबाट ३३ महिलासहित ११३ जना पक्राउ


 


काठमाडौं, पुस २१
काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८० पुरूष र ३३ महिला रहेका छन् ।

सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्क क्षेत्रमा बेलाबखतमा देखिने अपराधिक गतिविधि न्यूनीकरणको लागि यस्तो अपरेशन समय–समयमा गर्ने गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्