के गरे एक वर्षमा प्रधानसेनापति क्षत्रीले ?


 


सुरेन्द्र सुवेदी
काठमाडौं, भदौं २४

senapati-photoनेपाली सेनाका ४२ औं सेनापति राजेन्द्र क्षत्रीले पदबहाली गरेको एक वर्ष पुगेको छ । एक वर्षको समयमा उनले सेनालाई थप सुधारतर्फ लगिएको बताएका छन् ।
सैनिक मुख्यालयका अनुसार बिनाशकारी भूकम्प र भारतको अघोषित नाकाबन्दीको समयमा प्रधानसेनापति बनेका क्षत्रीकै पहलमा भारतले नाकाबन्दी हटायो । दुवै देशलाई नाकाबन्दीले सुरक्षामा खतरा हुने नेपाली सेनाको बुझाइ र भारतीय सेनालाई त्यो विषयमा जानकारी गराएपछि भारत सरकार नाकाबन्दी हटाउन वाध्य भएको सैनिक अधिकारीहरुको भनाइ छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अधिकारीहरुका अनुसार कैलालीको टिकापुरमा थारुहट आन्दोलनकारीले ८ जना सुरक्षाकर्मीको हत्या गरे । त्यस्तो बिभत्स हत्यापछि नेपाली सेना ब्यारेकबाट बाहिर निस्कियो । अनि, आन्दोलनकारी पछि हट्न वाध्य भए । त्यसलाई पनि सेनाले उपलब्धीको रुपमा लिएको छ ।
सेनाको पहलकै कारण लामो समयदेखि बन्न नसकेको राष्ट्रिय सुरक्षा नीति बन्यो । ‘नेपालीले इतिहासमै सुरक्षा नीति पाए ।’ एक सैनिक अधिकारीले भने ।
विपद् व्यवस्थापनतर्फ भूकम्प र त्यसपछिका पराकम्पनले पीडित बनेका नागरिकका लागि सेनाले उद्धार, खोज, राहत बितरणमा योगदान दियो । गोरखाको उत्तरी क्षेत्रमा आएको हावाहुरी र हिमपातले पीडित बनेका भूकम्पपीडितलाई उद्धारदेखि राहतसम्म बितरण ग¥यो ।
सोलुको ५ हजार १० मिटर उचाइमा रहेको हिम्जा ताल फुट्न सक्ने विज्ञहरुको परामर्षपछि सेना तालको पानी हटाउन खटियो । अहिले तालबाट आवश्यक पानी हटाएपछि ताल फुट्ने सम्भावना टरेको छ ।
प्रकृति संरक्षणमा पनि सेना खटिएको छ । सेनाका करिव ८ हजार जनशक्ति राष्ट्रिय निकुञ्ज र आरक्षणमा खटिएका छन् । सेनाले मकालु बरुण राष्ट्रि निकुञ्ज र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा एक एक गुल्म स्थापना गरेको छ । वन्यजन्तु चारी सिकारी नियन्त्रण गर्न सेनाले कार्यक्षेत्रमा दैनिक गस्ती गर्दै आएको छ । सर्लाहीको नारिमान ताल, रौतहटको बडहरवा तल र सुनसरीको बर्जु ताल पुनर्निर्माण गरेको छ । अनि सप्तरीको अमाहा क्षेत्रमा बृक्षारोपण गरेको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए ।
सेनाले बन्दोबस्ती प्रणालीमा पनि सुधार गरेको दावी रेको छ । सेनाको आन्तरिक प्रशासनिक काम छिटो र बैज्ञानिक रुपमा सम्पादन गर्न जंगीअड्डादेखि अन्य युनिटमा उच्च प्रविधिको नेटवर्क जडान सुरु भएको छ । अनि सकल दर्जालाई यसअघि नदिएको सुविधा दैनिक बिहान खाजाको व्यवस्था गरेको छ । बैकल्पिक ऊर्जाको जडानलाई प्राथमिकतामा राख्दै २ सय ४१ युनिटमा गोवरग्यास प्लाण्ट जडान गरेको सैनिक जनसम्पर्क निर्देशनालय जनाउँछ ।
कल्याणकारी कोषतर्फ पनि केही सुधार गरेको छ । शैक्षिक छात्रवृत्ति ६ हजारबाट बढाएर १० हजार, आवास बिमा मासिक २ सयबाट बढाएर ३ सय, सैनिक अधिकृतलाई ५ लाख, पदिकलार्य ३ लाख र अन्य दजर्थालार्य २ लाख रुपैयाँ सहुलियत ऋणको ब्यवस्था पनि गरेको छ ।
भूकम्पपछि पाल र टहरामा बस्दै आएका परिवारलाई सामूहिक आवास निर्माणको जिम्मा सरकारले सेनालाई दियो । सेनाले ११ जिल्लाका ३६ स्थानमा ४ सय ६८ वटा सामूहिक आवास भवन निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका डोल्पा र हुम्लामध्ये डोल्पा दुनै सडक खण्डको मान्काबगर डोल्पा जिल्ला प्रवेश स्थल त्रिवेणीसम्म कच्ची ट्याक खोलेको छ । कालिगण्डकी करिडोरअन्तरगत बाग्लुङको मालढुंगा टाकुरे खण्डको १४ किलोमिटर सडक खनेको छ भने त्रिशुली स्याफ्रुबेसी रसुवागढीको सडक खण्डमा ४५ किलोमिटर सडक निर्माण पूरा गरेको सैनिक प्रवक्ता सहायक रथी कार्कीले बताए ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रष्त १५ देशमा नेपाली सेना शान्ति सेनाको रुपमा खटिएको छ । हाल ४ हजार ४ सय १७ जना सैनिक शान्ति सेनामा कार्यरत छन् । जसमध्ये ८ सय ९६ महिला छन् । अब सिरिया र लिबियामा थप नेपाली सेना परिचालन हुने तयारी छ । हालसम्म शान्ति सेनामा बढीमा ५ हजार नेपाली सेना रहेकोमा बढाएर १० हजार पु¥याएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्