छ कलाकार सम्मानित (फाेटाे फिचर)


 


kalakar-1काठमाडाैं, भदाै २५

भाेजपुर च्यांग्रेली सद्भभाव  सेवा समाजले छ कलाकारलार्इ सम्मान गरेकाे छ । समाजकाे तेस्राे साधारण सभामा राष्ट्रिय स्तरका कलाकारहरूलार्इ समाजले सम्मान गरेकाे हाे ।

kalakar-2यसरी सम्मानित हुनेहरूमा चर्चित हास्यव्यंग्य कलाकार मनाेज गजुरेल समेत रहेकाे छन् । लाेक गायक तुलसी पराजुली, लाेक गायीका टिका पुन, संगीतकार मनाेज खड्का, गायक तथा लेखक राम मट्टरार्इ, गीतकार विपीन किरण  सम्मानित भएका हुन् । उनिहरूलार्इ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सम्मान पत्र प्रदान गरेका थिए ।

kalakar-3सम्मानित हुने कलाकारहरूले कला क्षेत्रबाट देशमा विशिष्ट याेगदान पुर्याएकाे भन्दै समाजले सम्मान गरेकाे हाे । अागामी दिनमा पनि कलाकारहरूलार्इ सम्मान गर्ने समाजका अध्यक्ष उमेशजंग थापा मगरले बताए ।

kalakar-4यसअघि पनि समाजले कलाकारहरूलार्इ सम्मान गरेकाे थियाे । कार्यक्रममा कलाकार मजाेज गजुरेलले अाफ्नाे हास्यव्यंग्य प्रस्तुति दिएका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नक्कल गरेका थिए । सम्मानित कलाकारहरूले सम्मानित भएपछि जिम्मेवारी र दायित्व वढेकाे प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव भाेजपुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पा, शसस्त्र पहरी बलका शसस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार रार्इ, जेम्स स्कुलका निर्देशक राजेश खड्का, समाजका पदाधिकारी तथा भाेजपुर र च्यांग्रेका स्थानीयकाे उपस्थिति थियाे ।

kalakar-5

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्