जब पर्यटन मन्त्री एम्बुलेन्स चालक बने…


 


jiban-shahi-1काठमाडाैं, भदाै २५

यतिबेला जीवनबहादुर शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । शाही कर्णाली हुम्लाका हुन् भने उनि कांग्रेसबाट यही भदाै १० गते मन्त्रीमा नियुक्त भएका हुन् । हुम्लाबाट पहिलाे क्याबिनेट मन्त्री बन्न सफल शाही शनिबार भने फरक दृश्यमा देखिए ।

jiban-shahi-3अाकाशमा जहाज उढाउन पाइलट पढेका शाही सम्बन्धित मन्त्रालयमै मन्त्री छन् । तर शनिबार भने पाइलट पृष्ठभुमिका मन्त्री शाही अचानक एम्बुलेन्स चालककाे रूपमा देखा परे ।

jiban-shahi-2ललितपुर धापाखेलस्थित नीजि क्षेत्रकै चर्चित स्कुल जेम्समा एम्बुलेन्स चालककाे रूपमा शाही देखा परेका हुन् । मध्यान्हकाे समय, सिमसिम पानी परिरहेकाे थियाे ।

jiban-shahi-4स्कुल हाताभित्र नयाँ एम्बुलेन्स छ । कार्यक्रम सञ्चालकले मन्त्री शाहीलार्इ एम्बुलेन्स हस्तान्तरणका लागि अाग्रह गरेसँगै मञ्चबाट खुरूखुरू हिडेर एम्बुलेन्स भए ठाउँ पुगे ।

शाहीले एम्बुलेन्सकाे ढाेका खाेलेर सिधै चालककाे सिटमा बसे । एम्बुलेन्स स्टाट गरेर मन्त्री शाहीले स्टेरिङ बटार्न समेत भ्याएका थिए । एम्बुलेन्सलार्इ घेरेर बसेका अतिथी र उपस्थित सबैले तालीले कार्यक्रमस्थल गुन्जियाे ।

jiban-shahi-5पाइलट बन्ने सपना देखेका शाही राजनीतिमा हाेमिएसँगै अहिले मन्त्रीकाे हैसियतमा छन् यद्यपी शनिबार भने एकैछिनका लागि भए पनि एम्बुलेन्स चालककाे रूपमा उनि देखिए । जहाजकाे कन्ट्राेल काेलम (याेके) चलाउने सपना देखेका मन्त्री शाहीका तिनै हातले दुर्गमका अामाहरू बचाउने एम्बुलेन्सकाे  स्टेरिङ चलाउँदा भने गज्जबकाे दृश्य देखिएकाे थियाे ।

भाेजपुर च्यांगेली सद्भभाव सेवा समाजले भाेजपुर जिल्लाका लागि हस्तान्तरण गर्न लागेकाे एम्बुलेन्स मन्त्री शाहीले हस्तान्तरण स्वरूप उद्घाटन गरेका हुन् । समाजले यस अघि च्यांग्रे गाविसमा एम्बुलेन्स हस्तान्तरण गरेकाे थियाे भने याे एम्बुलेन्स जिल्लालार्इ हस्तान्तरण गरेकाे हाे ।

समाजले नाै लाख १६ हजारमा एम्बुलेन्स खरिद गरेर जिल्लालार्इ हस्तान्तरण गर्न लागिएकाे अध्यक्ष उमेशजंग थापा मगरले बताए । एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनिरहेकाे उनकाे भनार्इ छ ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्