पहिरनले चुलियो प्रियंकाको चर्चा


 


मुम्बई, माघ १६ (एजेन्सी)

प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा

पहिरनका कारण सेलिब्रेटीहरु चर्चामा आइरहन्छन् । यही मेसोमा फेरि प्रियंका चोपडाको चर्चा चुलिएको छ ।

आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा पुगिन् । यो अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् ।

प्रस्तुती मात्रै होइन, उनले लगाएको कपडाका कारण उनको भारतीय मिडियामा चर्चा र विवाद चुलिएको हो । धेरैले सामाजिक सञ्जालमा यस्तो पोशाक लगाउन नहुने बताएका छन् भने प्रसंशकले बचाउ गरेका छन् ।

अवार्ड समारोहको रेड कार्पेटमा नायिका चोपडा निकै नै हट देखिइन् । कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई श्रद्धाञ्जली दिइन् । उनले आफ्नो नङमा कोबीको जर्सी नम्बर २४ लेखेकी थिइन् ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्