कलेजमा शान्ता चौधरी (फोटो फिचर)



काठमाडौं, पुस १४
संघर्षको अर्को नाम हो, शान्ता चौधरी । निरन्तर मिहेनतको पर्याय पनि हुन् उनी । लामो समय कम्लरी बनेर कठोर संघर्ष गरेकी उनले राजनीतिमा विस्तारै आफूलाई स्थापित गर्दै लगेकी छन् ।

पछिल्लो समय एसइइ पास गरेपछि चर्चामा आएपछि उनले कलेज पनि सुरु गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव बाँड्दै उनले लेखेकी छन् ‘जीवनको भोगाइ र व्यबहारबाट असीमित सिकाई भएकै थियो ।

भोगाईकै क्रममा कयौं परिक्षामा सहभागी भएकै थिएँ । ती सिकाई र परिक्षाबाट मैले शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गर्न सकिन । एसईई परिक्षा उतिर्णसँगै औपचारिक शिक्षाका बाटो खुलेको छ । नयाँ अनुभव बटुल्न थालेको छु। प्रिय लाग्न थाल्यो कलेज , झनै प्रिय लाग्न थाले यी साथी ।

जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु । त्यसैले धेरै खुशी छु म । यही खुशीको क्षणमा म प्रति सद्भाव राख्ने र दुस्खमा साथ दिनुहुने सम्पुर्ण प्रति सम्मान व्यक्त गर्दछु ।’
तस्बिरहरुः शान्ता चौधरीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News