भोजपुरमा उदाए नव तारा


 


भोजपुर भनेपछि खुकुरीको प्रसिद्ध जिल्ला भनेर चिनिने गरेतापनि भोजपुरले दिनानुदिन काचुली फेर्दै भोजपुरलाई बहुमुखी प्रतिभाको धनी भनेर चिनाउन थालेको छ । पर्यटनको हिसावले पनि भोजपुर अग्र श्रेणीमा रहेको छ ।

ekaraj vujel
एकराज लज्जालु भुजेल

भोजपुरका मनोरम दृष्यले आज आन्तरिक अनि बाह्य पर्यटकलाई भित्राउन लर्को लागेको पाईन्छ । भोजपुरको विकासको गति सँगै भोजपुरलाई अग्र स्थानमा लैजानका निम्ति अनि भोजपुरको शीर सधै उच्च राख्नका खातिर भोजपुरको काखमा आज धेरै व्यक्तित्वहरुको जन्म भईसकेको छ ।

आज भोजपुरलाई चिनाउनका निम्ति खुकुरी मात्र चक्माउनु पर्दैन भोजपुरलाई परिचय गराउनका निम्ति धेरै आयामहरु पैदा भएका छन् । आज गीत, संगित अनि साहित्यकारहरुको जन्मथलो भोजपुर भनेर भन्दा अत्यूक्ति नहोला ।

गला र कलाको रुपमा भोजपुरले अग्र स्थान ओगटी सकेको अवस्था छ । अघिल्लो पिढीका साहित्यका नक्षत्र मदन पुरस्कार विजेता राजन् मुकारुङ्ग देखि लिएर उच्च व्यक्तित्वहरुले भोजपुरलाई चिनाउँदै आएका छन् भने हिरण्य भोजपुरे लगायतका व्यक्तित्वहरुले गीत संगितमा पनि भोजपुरलाई जोगाउँदै आएका छन् ।

पुराना पुस्ताको बाटोेलाई आत्मसाथ गर्दैै आज नयाँ पुस्ताको जन्म दिनानुदिन बढिरहेको छ । आज नयाँ पुस्ताका एक जना गलाका धनी भीम थापा मगरको बारेमा बोल्नै पर्ने बाध्यता आएको छ । वास्तवमा गाउले परिवेशमा जन्मेर भोजपुरको शीर उच्च राख्नका लागि १ इट्टा थपिएको अनुभूतिको आभाष महशुस गरेको छु ।

भोजपुरको धोद्लेखानी गा.वि.स.मा जन्मेर गोल्मेभिरको टाकुरामा सुसेली लगाउँदै हुर्बु भञ्याङ्गमा भेडा बाख्रा अनि गाई गोठालो गर्दा लगाएको पीरति झाङ्गिन नपाउँदै तुसारोपात लागे पछि बहकिएर देश विदेश चाहर्दै आज फेरि तिनै मायालुको तड्पाईमा परी भीम थापाले “आउन वर वर, तिमी बिना मेरो जिन्दगीमा को नै छ र ? ” भन्दै बिन्ती गर्दै नयाँ भिडियो सार्वजनिक गरेका छन् भिम थापाले वास्तवमा एउटा प्रेमीलाई मात्र यस गीतमा उजागर गर्न खोजिएको छैन भोजपुरको पर्यटन क्षेत्रमा टेवा पुराउन उनको गीति सफल हुनेछ ।

उनको गीतमा भोजपुर देखि तिमी टाढा नहौं आउन भन्ने अनुरोध गरेको भाव स्पस्ट उल्लेख गरिएको पाईन्छ । भिम थापाको भिडियोमा सनम कठायत र कविताको अभिनय रहेको छ भने राजनराज शिवाकोटीको शब्द र संगीतमा रहेको गीतलाई सबिज मिडियाले भिडियो निर्माण गरेको छ भने निर्देशन र सम्पादनमा शैलेन्द्र खोकालीले गरेका छन् ।

आज वास्तवमा भोजपुरलाई चिनाउनका लागि विभिन्न बाटाहरु रहेको स्पस्ट भएको छ । आज भोजपुरे हुँ भन्न कुनै हिच्किचाउनु पर्ने अवस्था छैन ।

यसरी, हामी आम भोजपुरले भोजपुरको अस्तित्व जोगाउनका लागि आ–आफ्नो ठाउँबाट कम्मर कसरेर लाग्नु पर्ने अवस्था देखिएको छ । यसरी आज गीत संगित पनि एउटा भोजपुरको पहिचानलाई मलजल गर्नका लागि ठूलो टेवा मिलेको पाईन्छ ।

तथापी यस्ता नव स्रस्टा भिम थापा जस्ता कला र गला भएका व्यक्तित्वहरुलाई उनीहरुको गला र कलालाई मर्न दिनुहुँदैन हामी भोजपुरेको काँधमा यस्ता जिम्मेवारी थपिएका छन् । वास्तवमै भिम थापा मगरले हामी माझ नयाँ भिडियो ल्याउन सफल हुुनु भएको छ वहाँलाई मेरो व्यक्तिगत तर्फबाट अनि सिङ्गो भोजपुरको तर्फबाट नमन गर्न चाहन्छु ।

दलगाउँ–४ भोजपुर

एकराज भुजेलबाट थप

भोजपुरले काचुली फेरेको दिन…

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्