किन बन्द भयाे तीताे सत्य ?


 


deepak and deepaनेपाल टेलिभिजनबाट प्रशारण हुने निकै लोकप्रिय हास्यव्यङ्ग कार्यक्रम ‘तीतो सत्य’ बन्द भएको छ । ६०० भागसम्म सफलतापूर्वक चलेको यो कार्यक्रम निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले एकाएक बन्द भएको घोषणा गरेपछि दर्शकमा कौतुहल छ, किन बन्द भयो तीतो सत्य?

यहि कौतुहलता मेट्न हामीले दिपक राज गिरीलाई सोध्यौं, किन बन्द भयो तीतो सत्य ? दिपकले भने, ‘नयाँ टेलिसिरियलको प्लानिङ हुदैछ। सम्भवत: अर्को वर्षसम्म आउँछ। हास्यवङ्ग्य नै हुनेछ।’

अर्को हास्व्यङ्ग सिरियलको योजना बुन्दै गरेका दिपकले ‘दर्शकले हास्यव्यङ्ग्य नरुचाएका हुन कि, विषयवस्तु सकिएर बन्द गर्नुभएको?’ प्रश्नमा भने, ‘त्यस्तो होइन। अब नयाँ सोचको साथ नयाँ सिरियलमा जाउँ भनेर हो।’

छ एकान छ, वडा नं छ जस्ता सफल चलचित्र समेत बनाइसकेका दिपकराजले थप्दै भने, ‘वर्षमा एउटा चलचित्र त बनिहाल्छ। टेलिसिरियल छोडेको छैन।’ चर्चित कार्यक्रम बन्द हुँदा दर्शकले तितो मानेपनि गिरी भने खुसी नै देखिन्छन्।

प्रकाशित मिति: १ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्