शाही पदवी छोडेपछि ह्यारीको भावुक अभिव्यक्ति, के भने त्यस्तो ?


 



लण्डन
बेलायतकी महारानीका नाति ह्यारीले पछाडि फर्किनुभन्दा आफूसँग अरु विकल्प नभएको बताएका छन् । आइतबार साँझ लण्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै ह्यारीले सो कुरा बताएका हुन् ।

अघिल्लो साता ह्यारी र पत्नी मेघनले एक वक्तव्य जारी गरेर आफूहरु राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेपछि महारानीसहितको बैठक बसेको थियो । उनको शाही पदवी नरहनेसमेत राजदरबारले वक्तव्य जारी गरेको थियो ।

यो घटनाक्रमपछि ह्यारीको पछिल्लो भनाइ आएको हो । उनले हिजो साँझ भनेका छन्,‘‘हामी टाढा गइरहेका छैनौं । बेलायत मेरो घर हो । जसलाई म माया गर्छु । त्यो कहिले पनि परिवर्तन हुँदैन ।’’

यसअघि दम्पतीले नै आफूहरु क्यानडा जान चाहेको बताएका थिए । एउटा रिसेप्सन कार्यक्रममा आइतबार उनले पछिल्लो अभिव्यक्ति दिएका हुन् । सो कार्यक्रम दक्षिण अफ्रिकाका एचआइभी पीडित बच्चाका लागि सहयोग जुटाउनका लागि गरिएको थियो ।

आफूले राजकुमार वा ड्युकको रुपमा नभइ ह्यारीको रुपमा अहिले कुरा गरिरहेको समेत उनले सो अवसरमा बताएका थिए । उनले आफूले आफ्नी हजुरआमा ९महारानी०लाई कमाण्डर इन चिफ भन्दै आदर गर्ने गरेको बताएका छन् ।

आफूहरुको आशा महारानी, कमनवेल्थ र मेरो मिलिटरी सहभागितामा सेवा गर्नु रहेको जनाउँदै त्यसका लागि आफूहरुले पब्लिक फन्डिङ्ग नचाहेको तर दुर्भाग्यवश त्यसो गर्न सम्भव नभएको समेत बताएका छन् । (बीबीसी)

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्