श्रीमतीको फेसबुकमा फलोअर्स बढेपछि हत्या




सामाजिक सञ्जाल फेसबुममा श्रीमतीको फ्लोअर्स बढेपछि भारतको जयपुरमा एक जनाले श्रीमतीको हत्या गरेको छन् ।

भिडियो र फोटो शेयर गर्दै आएकी रेशमा नामकी ती महिलाका फलोअर्सको संख्या समेत बढ्दै गएपछि ज्यान गुमाउनु परेको हो । फेसबुकमा ६ हजारभन्दा बढी फलोअर्स भएकी उनी प्रायः मोबाइलमा नै व्यस्त हुने गर्थिन ।

महिलाका पतिले पत्नीको उक्त बानीबाट वाक्क भएपछि हत्या गरेको बताएको भारतीय समाचार माध्यमले जनाएका छन् । दिल्ली हाईवेस्थित माताको मन्दिर नजिकै सडकको छेउमा रगतले लतपतिएको शव भेटिएको एडिशनल पुलिस कमिश्नर अशोक कुमार गुप्ताले बताए । उनका अनुसार शव नजिकै महिलाले चलाउँदै आएको स्कुटी र हेलमेट समेत फेला परेको थियो ।

प्रहरीले शवको शनाखत समेत गरेको छ । निर्ममतापूर्वक हत्या गरिएकी महिला जयसिंहपुरा खोर निवासी रेशमा मंगलानी (नैना) भएको प्रहरीले बताएको छ । छानबिनका क्रममा रेशमालाई उनकै श्रीमानले हत्या गरेको हुन सक्ने खुल्न आएको थियो । हाल प्रहरीले हत्याको आरोपमा महिलाका पति अयाज अहमदलाई गिरफ्तार गरेको छ ।

नैना भनिने रेश्मा

हत्यापछि रेशमालाई चिन्न नसकियोस् भनेर टाउकोमा ढुंगाले हानेर उनको अनुहार क्षतविक्षत बनाइएको थियो । अहमद र रेशमाले २ वर्षअघि गाजियाबादमा गएर आर्य समाजमा विवाह गरेका थिए । लगत्तै अहमदले भनेपछि दुबैजनाले मुस्लिम परम्परा अनुसार निकाह समेत गरेका थिए । ।

विवादपछि दुबै जनाबीच विवाद र झगडा हुन थालेको प्रहरीले बताएको छ । अहमदले रेशमामाथि शंका गर्न लागेपछि दुबैजनाको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । विवाद र झगडा हुन थालेपछि १ सालयता रेशमा एक्लै बस्दै आएको समेत प्रहरीको भनाइ छ । दुबैजना ३ महिनाका छोरा समेत छन् ।

प्रहरीका अनुसार अहमदले रेशमालाई मिलापत्र गर्ने भन्दै बोलाएर हत्या गरेका थिए । सुरुमा दुबैजनाले मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि अहमदले रेशमाको टाउकोमा हिर्काएर हत्या गरेका थिए । अहमदले हत्या गर्ने योजनाले नै पत्नीलाई बोलाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News