ट्विटरको नयाँ फिचर सार्वजनिक


 



सामाजिक सञ्जाल ट्विटरले नयाँ फिचर सार्वजनिक गरेको छ। अब ट्विटर डिएमबाट कुराकानी गर्दा अब रियाक्ट इमोजीको प्रयोग गर्न सकिने। फेसबुकले भने यसअघि नै यस्तो फिचर ल्याइसकेको छ। ट्विटरले आफ्नो यो फिचरलाई फेसबुकभन्दा फरक रहेको बताएको छ।

डिएममा आएको म्यासेजको रियाक्ट मोडमा मुटु र प्लस आइकन समावेश गरिएको छ। इमोजीको लागि आएको म्यासेजमा डबल क्लिक गर्नुपर्ने ट्विटरले जारी विज्ञप्तीमा उल्लेख गरेको छ। आफूले रियाक्ट गरेको इमोजीलाई हटाउने अप्सन पनि राखिएको छ। यस्तो गर्दा पठाइएको इमोजी दुबैको म्यासेज बक्सबाट हट्ने ट्विटरले बताएको छ।

इमोजी रियाक्ट गर्दा म्यासेज पठाउने व्यक्तिलाई नोटिफिकेशनमार्फत् जानकारी दिने बताइएको छ। ट्विटर प्रयोगकर्ताले भने इडिट अप्सनको माग गर्दै आएको छ। ट्विटरमा इडिट गर्न मिल्दैन।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्