भुटानविरुद्ध नेपाली महिला टोली ११३ रनमा अलआउट
काठमाडौँ। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको छ ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । यस्तै, रुविना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रन जोडिन् । भुटानकी सोनाम र छिरिङ जाङ्मोले सबैभन्दा बढी ३–३ विकेट लिए ।
आफ्नो पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ । प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल शनिबार हङकङसँग खेल्नेछ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















