इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट


 


काठमाडौं , माघ ११
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ ।

एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ । जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए ।

इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो । ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए ।

तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्