कोरोना भाइरसका कारण रसुवागढी नाका बन्द हुने



काठमाडौं, माघ १५
उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले, केरुङतर्फ जाने सडकमा हिउँ परेकाले, ढुंगा खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्व भएकाले नाका बन्द गरिएको गुल्मपति थापाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News