कम्पनी भारतमा, नेटवर्किङ नेपालमा



काठमाडौं, माघ १५
नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ ।

नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ ।

जटिल प्रकृतिका रोग निको पार्ने भन्दै झापामा ‘डिकेन’ नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ । डिकेनको कम्पनी भारतको हैदरवादमा दर्ता रहेको नेटवर्किङमा संलग्न स्वयं बताउँछन् ।

डिकेनमा सक्रियहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई आफ्नो उत्पादन बिक्री गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाईँले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News