स्ववियु निर्वाचन एक महीना स्थगित


 



काठमाडौं, माघ २८
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महीना स्थगित गरिएको छ । फागुन १४ गतेका लागि तोकिएको निर्वाचन एक महिना पछि सारिएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक र शिक्षाध्यक्ष पद रिक्त रहेकाले निर्वाचन एक महिना पछाडि सर्ने भएको बताइएको छ। दुवै पद पूर्ति भएपछि मात्रै निर्वाचन गर्न नेवि संघले माग गरेको थियो ।

विश्व विद्यालयले भने निर्वाचनका लागि विद्यार्थी संगठनहरु र क्याम्पसहरुसँग छलफल गरेपनि निर्वाचन सर्ने निश्चित भएको छ । प्रमुख संगठनहरु अखिल र नेवि संघ नै निर्वाचन सार्ने निष्कर्षमा पुगेपछि निर्धारित मितिमा निर्वाचन नहुने भएको हो ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्