एप्पलले ल्याउँदै अहिलेसम्मकै सस्तो स्मार्टफोन


 


काठमाडौं, फागुन १३
एप्पल कम्पनीले आगामी मार्चमा आइफोन एस इ–२ नामक नयाँ स्मार्ट फोन लन्च गर्ने भएको छ ।
कम्पनीले आइफोन एस इ–२ सगैँ आइफोन एस इ २ प्लस पनि यही मार्च ३१ मा एकै साथ लन्च हुनेछ । मार्च ३१ मा लन्च भएसगैँ अप्रिल तीन बाट विश्व भरि आइफोन एस इ–२ र एस इ–२ प्लसको बिक्री सुरु हुनेछ ।

कम्पनीका अनुसार आइफोन एस इ–२ को स्क्रीन ५.४ इन्चको हुनेछ जुन यस अघि कम्पनीले लन्च गरेको आइफोन ८ को हारहारीकै साइज हो ।

त्यस्तै, यो फोनको मूल्य तीन ९९ यूएस डलर हारहारी हुने कम्पनीले बताएको छ । जुन नेपाली ४५ हजार रुपैयाँ हारहारी पर्न आउछ । कम्पनीले एस इ २ प्लसको मूल्य भने सार्वजनीक गरेको छैन ।

उता, कम्पनीले लन्च गर्न लागेको अर्को आइफोन एस इ–२ प्लसको स्क्रीन ५.५ देखि ६.१ सम्म हुनेछ भने उक्त फोनको साइज आइफोन एक्स हारहारी हुने बताइएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्