नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित




काठमाडौं, फागुन १८
एसीसी टी २० इस्र्टन रिजनमा नेपाललले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल हङकङसँग पनि पराजित भएको छ । नेपाल हङकङसंग ४३ रनले पराजित भयो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना निकै कमजोर बनेको छ ।

विश्व बरियतामा आफू भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो । टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालविरुद्ध हङकले राम्रो प्रदर्शन गरेको छ ।

नेपालका बलरहरु आज पनि त्यति सफल हुन सकेनन् । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने कुशल मल्लले एक किेट लिए । सुशन र सन्दीपको चार ओभरको स्पेल पनि पुरा गर्दा करणले ३ ओभर बलिङ गरे ।

सुशनले चार ओभरमा ३७ रन दिएर २ विकेट लिएका हुन् भने सन्दीपले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले भने तीन ओभरमा १६ रन दिँदै एक विकेट लिएका छन् ।आजको खेलमा करण केसी, अविनाश बोहोरा र पारस खड्काले पनि बलिङ गरेपनि विकेटविहीन बने ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाव कायम गरेको थियो । ७.५ औं ओभरमा नेपालका लागि स्पिनर सुशन भारीले पहिलो सफलता दिलाएका हुन् ।

उनले साहिद ओसिफलाई आउट गरे । ओसिफ २३ बलमा २६ रन बनाएर पभेलियन फर्किए । दोस्रो विकेटको रुपमा सुशनले दशौं ओभरका निजत खानलाई आउट गरे । उनी अर्धशतक नजिक ९४८० मा पुगेका बेला कुशल मल्लको हातबाट क्याच आउट गराउँदै पभेलियनको बाटो देखाए ।

११ औं ओभरमा नेपालका सन्दीपले तेस्रो सफलता दिलाए । सन्दीपले हङकङको स्कोर ८५ रन हुँदा किनचित साहलाई सून्य रनमै पभेलियन पठाए । हङकङको ११० रन हुँदा नेपाललाई कुशल मल्लले चौथो सफलता दिलाए । उनले १४ औं ओभरमा हारुन मोहम्मद अर्सदलाई आउट गरेका हुन् । उनी २७ रन बनाएर पभेलियन फर्किएका छन् ।

पाँचौं सफलता सन्दीपले दिलाए । आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले जेम्स जोनलाई आउट गरे । नेपालले छैटौं सफलता रन आउट मार्फत हात पारेको हो । दीपेन्द्रसिंह ऐरीले मोहम्मद ऐजज खानलाई रन आउट गरेका थिए । खानले २९ रन जोडे ।

पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालका लागि प्रतियोगिताको फाइनलमा पुगेर एसिया कप छनोटमा स्थान बनाउन बाँकी सबै खेल गर या मरको स्थितिमा छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल १३२ रनमा रोकिएको थियो ।

जवाफमा नेपाल १८ ओभर एक बलमा एक सय ११ रनमा अलआउट भयो । सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन सराफ एक रनमा पेभेलियन फर्किदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबावमा पर्यो ।

ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे । तर उन अर्धशतक पुरा गर्न सकेनन् । कप्तान मल्ल आउट भएपछि नेपाल निकै दबावमा पर्यो । नेपाली टिमको ब्याटिङ निकै ध्वस्त बन्यो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरीयो । सो बेला नेपालले ९८ रन बनाएको थियो ।

सन्दिपले खाता खोल्न सकेनन् । आरिफ शेख १० रनमा आउट भए । नेपालले १७ औं ओभरमा तीन विकेट गुमाउन पुग्यो । नेपालको पारिलाई कमजोर बनाउन हारोन मोहम्मद अर्सदले ५ तथा अफदाव हुसेनले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News