चिडियाखानालाई दश लाख सहयोग



काठमाडौँ । प्रभुशम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि रु १० लाख प्रदान गरेको छ।

विगत चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ । चिडियाखानामा ‘हिस्टोरिकल थ्रिडी लायन केज म्युजियम’ सञ्चालन गर्न कोषले रु १५ लाख बराबरको चेक प्रदान गरेको छ ।

कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसका अवसरमा उक्त रकम चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

विश्व वातावरण दिवसका अवसरमा चिडियाखानामा लालीगुराँसका बिरुवा रोपिएका छन् । शुक्रबार नै ‘फ्रेन्डस् अफ जु’ का २५ जना विद्यार्थीलाई वातावरण संरक्षणमा उत्कृष्ट योगदान गरेबापत कार्यालय प्रमुख साहले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्