सामसुङ्गले ल्यायो अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाई


 



दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङ्गले अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाईको विकास गरेको दाबी गरेको छ ।

सामसुङ्गका अनुसार अत्याधुनिक वाइफाई प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाई टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्ट्रिमिङ गर्न सकिने बताइएकोछ ।

अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

कम्पनीले भनेको छ की यो नयाँ प्रविधिले डाटा ट्रान्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न मद्दत मिल्नेछ । एजेन्सी

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्