नाइट्रोजनसहितदुई पक्राउ



nitrogen

सुरुङ्गा (झापा),  भदौ २९ प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका क्षेत्री र गुरुङ लागुऔषध ओसारपसार गर्ने मुख्य कारोवारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News