एप्पललाई इतिहासकै ठूलो कारबाही


 



एजेन्सी
अमेरिकी टेक कम्पनी एप्पलाई फ्रान्स सरकारले अहिलेसम्मकै ठूलो कारबाही गरेको छ। टेक नियामक निकायले एप्पललाई फ्रान्सको इतिहासकै सबैभन्दा ठूलो जरिवाना लगाएको छ ।

एकाधिकार कायम गर्ने खोजेकोमा दूरसञ्चार प्राधिकरण फ्रान्सले एप्पललाई १।२ बिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।

एप्पलले फ्रान्सका दुई होलसेलरहरुसँग मिलेर मुल्य नियन्त्रण गर्न गैरकानूनी सम्झौता गरेको थियो। यसबारेमा प्राधिकरणले २०१२ देखि नै अनुसन्धान सुरु गरेको थियो ।

फ्रान्सेली टेक नियामक निकायका अनुसार एप्पलले आफ्ना साझेदारहरुसँग अनुचित व्यवहार गरेको र स्टोर रहेको तुलनामा कम मात्रामा आइप्याड लगायत सामानहरु उपलब्ध गराएको हो ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्