एसईई परीक्षा स्थगित


 



काठमाडौं च‌ैत्र ५ ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।


एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्