‘प्रेमगीत ३’ रिलिज स्थगित


 


काठमाडौं,चैत्र ६

विश्वभर फैलिएको कोरोना भाईरसका कारण चलचित्र पनि प्रभावित बनेका छन । सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनको कारण फिल्म ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।

नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको यो फिल्मको रिलिज पनि स्थगित गरिएको छ । निर्माता सन्तोस सेनले फिल्मको रिलिज स्थगित भएको जानकारी दिए ।

दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो । फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्